रोटरी क्लबद्वारा अस्पतालाई ल्याब सामग्री सहयोग
हेटौंडा-रोटरी क्लब अफ हेटौंडाले हेटौंडा–६ रामनगरमा रहेको नवनिर्मित शिद्धस्थली रुरल कम्युनिटी अस्पताललाई करिब ७८ लाख मूल्य बराबरको ल्यावका बिभिन्न उपकरणहरु हस्तान्तरणगरेको छ ।क्लबले रोटरी अन्तराष्ट्रिय अन्तर्गतको ग्लोबल ग्रान्टअन्तर्गत ७७ लाख ५० हाजर मूल्य बराबरका पाँच थान उपकरण सहयोग गरेको हो । मंगलबार हेटौंडा उपमहानगरपालिका–६ का वडाअध्यक्ष बिष्णु दाहालको उपस्थितिमा सामान हस्तन्तरण गरिएको थियो । वडाअध्यक्ष दाहालले स्थानीय निकायले गर्नुपर्ने काम शिद्धस्थली रुरल कम्युनिटी हस्पिटले गरिरहेको बताउर्दै यो सामाजिक कार्यमा रोटरी क्लबअफ हेटौंडाको सहयोगप्रति आभार ब्यक्त गरे ।
यो सहयोगले स्थानीयले घरआँगनमा उच्चस्तरीय स्वास्थसेवा पाउने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले अस्पताल संचालनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्तगरे । रोटरी वल्र्ड फण्ड, रोटरी क्लब अफ प्लाइम्प्टन तथा रोटरी डिष्ट्रिक्ट ११७५ का फाउण्डेसन चेयर रोटरियन सिमन वुडले रोटरी क्लब अफ हेटौंडामार्फत यो सहयोग गरेको रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष स्वागतराज प्याकुरेलले बताए ।
हस्तान्तरण गरिएका उपकरणहरु पूर्णस्वचालित हेमाटोलोजी एनलाइजर, पूर्णस्वचालित बायोकेमिस्ट्री एनलाइजर, अर्धस्वचालित इलेक्ट्रोलाइट एनलाइजर, अर्धस्वचालित यूरिन एनलाइजर र एचएलपिसि एनलाइजर मेशिनहरु रहेको अध्यक्ष प्याकुरेलले बताए । रोटरी एक पूर्णतया सेवामुखी संस्था भएकोले शिद्धस्थली रुरल कम्युनिटी हस्पिटलले उपकरणको माध्यमले बिपन्नबर्गका बिरामीको उत्कृष्ट उपचार गर्ने बिश्वासका साथ अस्पताललाई सहयोग गरिएको अध्यक्ष प्याकुरेलले बताए ।
कार्यक्रममा रोटरी क्लब अफ हेटौंडाका निवर्तमान अध्यक्ष सुयशराज पराजुली, प्रस्तावित अध्यक्ष प्रकाश ढकाल, उपाध्यक्ष प्रमेश प्रधान, संस्थापक सदस्यहरु माधव अधिकारी, बिजयकुमार वैद्य, पूर्वअध्यक्षहरु ऋषिराम घिमिरे, लेखराज पोखरेल, रामप्रसाद शर्मा, सचिव किशोर पराजुलीलगायतले सामाजिक कार्यमा रोटरी क्लबको सदैब सहयोग रहने कुरामा जोड दिए ।
शिद्धस्थली ग्रामीण सामुदायिक अस्पतालको तर्फबाट सल्लाहकार समिति सदस्यहरु रमेश खतिवडा, गुञ्जबहादुर न्यौपाने, शिवप्रसाद खनाल, इन्द्रप्रसाद खतिवडा, शोभा खतिवडा, श्रीराम खतिवडा, रामहरि खतिवडा, कीर्तिमान श्रेष्ठलगायतको सहभागिता थियो ।







