पालुङ जेसीजको सात पदमा ८ जनाको उम्मेदवारी

साझाकुरा
२०८० पुष ११, बुधबार १०:२४

हेटौंडा-पालुङ जेसीज वर्ष २०२४ को लागि उम्मेदवारी दिने समय सकिएको छ । निर्वाचन आयुक्त जयराम खत्रीको अनुसार १ अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ ।त्यस्तै २ कार्यकारीणी उपाध्यक्ष पदका लागि २ जनाको र ४ उपाध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि निरज रायमाझी र माधब कार्कीको उम्मेदवारी परेको छ ।

रायमाझी बर्तमान कार्यसमितिको कानुनी सल्लाहकार र कार्की कोषाध्यक्ष पदको जिम्मेवारीमा छन् । कार्यकारिणी उपाध्यक्ष पदको लागि नारायण तामाङ र मानसिं दोङको र उपाध्यक्ष पदको लागि स्मिता बिष्ट, बिराज थापा, नारायण कार्की र बिस्मिता गोपालीको उम्मेदवारीपरेको निर्वाचन आयुक्त खत्रीले बताए ।

निर्वाचन आयुक्तको कार्यालयले प्रकाशन गरेको सूचना अनुसार उम्मेदवारी फिर्ताको समय पौष ११ गते बिहान ९ः०० बजेसम्म रहेको र उम्मेदवारको अन्तिम नामावली सोहिदिन बिहान १०ः०० बजे प्रकाशन हुने महासचिव सन्जय गोपालीले बताए । साथै पौष ११ गते ११ः०० बजेदेखि उम्मेदवार तालिम र पौष १२ गते १ः०० बजेदेखि उम्मेदवारको अन्तरवार्ता कार्यक्रम रहेको छ । पौष १३ गते ककस पछि निर्वाचनको कार्यक्रम रहेको निर्वाचन आयुक्तको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*