सीमभञ्ज्याङमा १८ फिटको बुद्धको मूर्ति शिलान्यास

साझाकुरा
२०८० पुष ११, बुधबार १०:३२

हेटौंडा-पर्यटकीय नगरी थाहानगरको सीमभन्ज्याङमा बुद्धको मूर्ति स्थापना गरिने भएको छ । वडा नम्वर ४ सीमभञ्ज्याङमा धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले १८ फिटे बुद्धको मूर्ति राख्न लागिएको हो ।मकवानपुरका समाजसेवी सिद्धिलाल श्रेष्ठको निजी लगानीमा सीमभञ्ज्याङमा १८ फिटे बुद्धको मूर्ति निर्माण गरी राख्न लागेको हो । मूर्ति निर्माण गरी राख्ने स्थानमा समाजसेवी श्रेष्ठ र थाहा नगरपालिका उपप्रमुख भरत गोपाली लगायतको उपस्थितिमा १० पुसमा शिलान्यास गरिएको छ । सीमभञ्ज्याङमा कमलको फूलतलबाट ३ फिट, जमिनबाट माथि फाउन्डेसन ६ फिट र बुद्धको मूर्ति ९ फिटमा निर्माण हुने भएको छ ।

‘सीमभञ्ज्याङबाट अलिभित्र ऋषेश्वर महादेव मन्दिर रहेको छ । यो पुण्यभूमिमा एउटा बुद्धको मूर्ति स्थापना गरेभने मानिसको जमात पनि बढ्ला । म आफू पनि बुद्धको अनुयायी बन्न खोजेको हुँ । थाहानगर पर्यटकीय क्षेत्र भएकोले गर्दा धार्मिक काममा एउटा इट्टा थप्ने उद्देश्यले काम गरेको हुँ ।’, समाजसेवी श्रेष्ठले भने । ‘यो बाटो हिँडेको ४८ वर्ष भयो । हिजोको सीमभञ्ज्याङ र आजको सीमभञ्ज्याङमा केही फरक पाइन । मैले सुरु गर्दा अरुले नि केही प्रभावकारी काम गर्नुहुनेछ ।’, उनले भने, ‘बुद्धमूर्ति निर्माण भएपछि पर्यटकको संख्यामा गुणात्मक वृद्धि हुन्छ भन्ने अपेक्षा लिएको छु ।’,

थाहा नगरपालिका, वन समिति र वडासँग अनुमित लिएर मूर्तिको स्थापना गर्न लागेको उनले बताए । बुद्धको मूर्ति स्थापना गर्नको लागि करिव १० लाख रुपैयाँ खर्च लाग्ने उनले जानकारी दिए । हर्ष भ्लोन मूर्तिकारले बुद्धको मूर्ति बनाउने छन् । ‘काम गर्ने मानिस सीमभञ्ज्याङमा पुगिसक्नु भएको छ । त्यहाँ निकै चिसो भएकोले गर्दा काममा अलि ढिलाई होला जस्तो छ । तर, पनि बैशाख महिनासम्म काम सकिने योजनामा छाँै ।’, उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*