मनहरीमा दुर्घटनाको अवस्था बुझ्न जाँदा गाँजासहित तीनजना पक्राउ

साझाकुरा
२०८० पुष १२, बिहीबार १२:०९

हेटौंडा- मकवानपुरको पश्चिमीक्षेत्र मनहरी गाउँपालिकामा भएको सवारी दुर्घटनाको अवस्था बुझ्न गएको प्रहरी टोलीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महनरी–९ रमनटारमा भएको दुर्घटनामा घाइतेको उद्दारका लागि पुगेको प्रहरीले लागूऔषध गाँजाबरामद गरेको हो । गाँजा ओसारपसारको आरोपमा तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोटरसाइकल चालक मकवानपुर कैलाश गाउँपालिका–७ बस्ने २५ बर्षीय हरि प्रजा, मोटरसाइकलमा सवार सोही ठाउँका १८ बर्षीय प्रस्थान प्रजा र ट्याङकर चालकरहेका छन् ।

सोमबार रमनटारस्थित सडक किनारमा रोकिराखेको ना ४ ख ९४३३ नम्बरको ट्यांकरमा बा ४० प ८२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको थियो । उद्दार गर्न घटनास्थलमा पुगेको प्रहरीले दुर्घटनामा परेको मोटरसाइकल र घाइते फेला नपरेपछि घटनास्थल नजिकै झाडीमा लुकाईराखेको अवस्थाबाट १० किलो लागूऔषध गाँजा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

घटनास्थलमा घाइते फेला नपर्नु तर, नजिकै झाडीमा लागूऔषध फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार अनुसन्धानको क्रममा मोटरसाइकलमा सवार व्यक्तिहरु मनहरीमै आफन्तको घरमा रहेको जानकारी पाएपछि प्रजाद्वयलाई घाइते अवस्थमा फेला परेको थियो ।मोटरसाइकल चालक हरिलाई प्राथमिक स्वास्थ्यकेन्द्र मनहरीमा सामान्य उपचार पश्चात थप उपचारर्थ भरतपुर अस्पताल चितवन पठाइएको प्रहरीले जनाएको छ । बाँकी दुई जना प्रहरीहिरासतमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*