हेटौंडा जेसीजमा बर्तौलाको प्यानलसहित उम्मेदवारी घोषणा
हेटौंडा- सामाजिक क्षेत्रमा क्रियाशील हेटौंडा जेसीजको साभारणसभा तथा निर्वाचन १३ पुसदेखि हुँदैछ । जेसीआई हेटौंडाको वर्ष २०२४ को नेतृत्व लिन उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ ।बुधवार हेटौंडा जेसीज वर्ष २०२४ को लागि अध्यक्ष पदमा अमृत बर्तौलाले उम्मेदवारी घोषणा गरेका छन् । बर्तौलाले जेसीज वर्ष २०२४ को लागि अध्यक्ष पदमा प्यानल सहितले उम्मेदवारी घोषणा गरेका हुन् । वर्तमान समितिमा कार्यकारिणी उपाध्यक्ष रहेका उनले उम्मेदवारी घोषणासँगै भावी योजना र कार्यक्रम पनि प्रस्तुत
गरेका छन् । पत्रकार सम्मेलन गर्दै बर्तौला समूहले उम्मेदवारी घोषणा गरेको हो ।
बर्तौलाको प्यानलबाट कार्यकारिणी उपाध्यक्षमा विवेकानन्द न्यौपाने र जीवन ढकालको उम्मेदवारी रहने भएको छ । त्यस्तै जेसीज २०२४ को उपाध्यक्षमा रमेश काफ्ले, रमेश पराजुली, आतिश दाहाल र विश्वास पराजुलीले उम्मेदवार दिने जानकारी दिए । जेसीजको साधारणसभा पुष १३ गते र निर्वाचन १४ गते हुने गरी तालिका तय भएको छ । बर्तौलाले आफू निर्वाचित भएपश्चात् हेटौंडा जेसीजको स्वर्णजयन्तीको अवसरमा तेस्रोपटक २०२८ माराष्ट्रिय महाधिवेशन आतिथ्यता गर्नको लागि पहल गर्ने बताए ।
४० वर्ष नाघेका जेसीजका पूर्वसदस्यसँग निश्चित शुल्क लिई आजीवन सदस्यताका लागि साधारणसभाबाट पहल गराइने उनले बताए । जेसीजका इच्छुक पूर्वसदस्यलाई प्रत्येक कार्यक्रमको सूचना सम्प्रेषण गर्नुका साथै पुराना कार्यक्रमलाई निरन्तरता दिई जेसीजको सचिवालय भवन पूर्णरुपमा मर्मत गरेर नयाँ स्वरुप दिने र सभाहल सञ्चालन गरी आय आर्जनमा बृद्धि गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।







