पालुङ बहुउद्देश्यीय सहकारी अध्यक्षमा विष्ट

साझाकुरा
२०८० पुष १६, सोमबार ११:४८

हेटौंडा- मकवानपुर थाहा नगरपालिकामा सञ्चालनमा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा कृष्णबहादुर बिष्ट निर्वाचित भएका छन् ।अध्यक्ष पदमा ४ जनाले उमेद्वारी दिएकोमा ३ जनाले उमेद्वारी फिर्ता लिएपछि विष्ट सर्वसम्मत चयन भएका हुन् । निर्वाचन कार्यक्रम अनुसार पूर्वअध्यक्षहरु बिमलकुमार ढकाल, विष्णुहरि ढकाल र पुरुषोत्तम कार्कीले उमेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृत सानोभाइ कार्कीले जानकारी दिए । विस २०५८ सालबाट पालुङ बहुउद्देश्यीय सहकारी संस्थामा प्रवेश गरेका विष्ट २२ वर्षपछि संस्थाको नेतृत्वमा पुगेका हुन् । विष्ट यसअघिको पुरुषोत्तम कार्की नेतृत्वको कार्यकाल (वि.सं. २०७५ देखि २०७९) का उपाध्यक्ष हुन् ।

अर्थशास्त्रमा स्नात्तकोत्तर गरेका विष्ट कक्षा ११ र १२ मा अध्यापन गराउँदै आएका थिए । उनी ४० वर्षदेखि पालुङको जनकल्यण माविमा अध्यापन गराउँदै आएका थिए । विष्ट वित्तीय क्षेत्रका लागि पनि अनुभवी व्यक्ति हुन् । अध्यक्षमा दावी गरेका विष्णुहरि ढकाल वि.सं. २०५६ देखि २०६६ सालसम्म दुई कार्यकाल अध्यक्ष भैसकेका थिए । उनी सामुदायिक सञ्चार सहकारी संस्था पालुङको समेतका अध्यक्ष हुन् । सहकारीले रेडियो पालुङ सञ्चालन गरिरहेको छ ।

उम्मेदवारी फिर्ता लिएका विमलकुमार ढकाल पनि दुई कार्यकाल वि.सं. २०६६ देखि २०७५ सम्म संस्थाका अध्यक्ष भइसकेका थिए भने अर्का उमेद्वार पुरुषोत्तम कार्की वि.सं. २०७५ बाट २०७९ सालसम्म एक कार्यकाल अध्यक्ष भैसकेका थिए । २३ औं साधारणसभाबाट निर्वाचित उमेश ढकालको ६ महिने कार्यकाल पश्चात् रिक्त भएको पदमा बाँकी करिब ६ महिना उपाध्यक्ष अरुण रायमाझीले कार्यकारी अध्यक्ष भई संस्थाको नेतृत्व गरेका थिए ।

संस्थाको २४ औं साधारणसभापश्चात् अध्यक्षको निर्वाचन कार्यक्रम सार्वजनिक गरी नयाँ अध्यक्षको रुपमा विष्ट सर्वसम्मत निर्वाचित भएका हुन् । ६ हजार ३ सय ८८ जना शेयर सदस्य रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको बज्रवाराही र हेटौंडामा सेवाकेन्द्र रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*