बकैयामा युवकले आफ्नै पेटमा हाने खुकुरी

साझाकुरा
२०८० पुष १६, सोमबार ११:५४

हेटौंडा- मकवानपुरको बकैयामा एक युवकले आफैंलाई खुकुरी प्रहार गरेका छन् । बकैया–९ भुर्तेलडाँडाका स्थानीय अन्दाजी २२ बर्षीय संजिव थिङले आफ्नै घरभित्र पेटमा खुकुरी प्रहार गरेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जनाएका छन् ।घटना शनिबार अपरान्हको भएको जनाइएको छ । आफ्नै खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थिङको उपचारको लागि हेटौडा ल्याइएकोमा उपचार सम्भव नभएपछि थप उपचारको लागिपुरानो मेडिकल कलेज चितवन पठाइएको छ । खुकुरी प्रहार
गर्नुको कारण हालसम्म नखुलेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*