९४ जना विद्यार्थीलाई न्यानो कपडा

साझाकुरा
२०८० पुष १८, बुधबार ०९:५४

हेटौंडा-मकवानपुरको पूर्वीक्षेत्रस्थित बागमती गाँउपालिकामा न्यानो कपडा वितरण गरिएको छ । मंगलबार बागमती गाँउपालिका–८ स्थित श्रीभैरव प्राथमिक विद्यालयका ९४ जना विद्यार्थीलाई न्यानो कपडाका साथै शैक्षिक साम्रगी वितरण गरिएको हो ।सहयोगापेक्षी विद्यार्थीलाई आवश्यक न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्र्तगत यो कार्यक्रमको आयोजना गरिएको डिभाईन युथ क्लब नेपाल हेटौंडाका संयोजक विवेक सुवेदीले जानकारी दिए । डिभाईन युथ क्लबको आयोजनामा भएको कार्यक्रममा बागमती गाँउपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बागमती गाँउपालिका–८ का वडाध्यक्ष इन्द्रमणि तिमल्सिना, बागमती गाँउपालिका पशुसेवा शाखाप्रमुख राजेन्द्र गोले, वडा नम्बर ८ का वडासदस्य जयबहादुर लोप्चन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामलाल सिंतान, विद्यालयका प्रधानाध्यापक हेमु रानामगर, विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तबहादुर सिंतान, सिर्जना वाईबालगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*