६ नम्बर वडाको शान्तिटोलमा वृक्षरोपण

साझाकुरा
२०८० पुष १८, बुधबार ०९:५७

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–६, शान्ति टोलमामा वृक्षरोपण गरिएको छ । शान्तिटोल टोल विकास संस्थाले सडकको दायाँबाया विभिन्न प्रकारका फूलका विरुवारोपण गरेको हो ।वृक्षरोपणको शुभारम्भ गर्दै हेटौडा उपमहानगरपालिका नगरप्रमुख मीनाकुमारी लामाले सामाजिक विकास र नगर सौन्दर्य बनाउने कार्यमा आफूले सदैव सहयोग गर्ने बताइन् । उनले शान्तिटोल विकास संस्थाले टोलको विकास, धार्मिक स्थलको संरक्षण गर्नुको साथै टोलबासीको हितमा काम गरेको बताइन् । हेटौंडा उपमहानगरपालिका सदैव नगरबासीको हितमा काम गर्दै आएको र भविष्यमा नगरको पहिचान बनाउने काममा लागिरहने बताइन् ।

शान्तिटोल टोल विकास संस्थाले विभिन्न ब्यक्तिको सहयोगमा शान्तिटोलदेखि चुच्चेखोला बजारसम्म सडकको दायाँबाया २ सय वटा गमलामा कलवेरी, धूपी, रेक्सोनापाम लगायतका फूलका विरुवा रोपी सडकको सौन्दर्यता बढाएको छ । कार्यक्रमा हेटौंडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहाल, वडासदस्य विजय पौडेल, लेखराज ढकाल, भूमि आयोग मकवानपुरका विज्ञसदस्य अर्जुनप्रसाद चौलागाई, दुग्ध विकास बोर्ड बागमती प्रदेशका सञ्चालक सदस्य बासुदेव अधिकारी, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, विपी गणेशमान स्मृति शान्तिपार्क अध्यक्ष भीमसेन पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिक वडामञ्च हेटौंडा–६ का अध्यक्ष बासुदेव सापकोटा, मुनलाईट ईन्टरनेशनल स्कूलका प्रवन्ध निर्देशक भरत सापकोटा, टोल विकास संस्था वडासमन्वय समिति, हेटौंडा–६ का उपाध्यक्ष रमेशकुमार थापा, नवजीवनज्योति क्लवका सचिव राजकुमार फुयाँल, टोल विकास संस्थाका सचिव प्रदीप ढुङ्गाना, कोषाध्यक्ष पूर्णभद्र चौलागाईलगायतको सहभागिता थियो । कार्यक्रम शान्तिटोल टोल विकास संस्थाका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*