नगरपालिकाद्वारा सहकारीका व्यवस्थापकलाई तालिम

साझाकुरा
२०८० पुष १८, बुधबार १०:०३

हेटौंडा- मकवानपुर थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा वित्तीय साक्षरता, सहकारी शिक्षा र कर प्रशासन सम्बन्धी ४ दिने तालिम सुरु भएको छ ।नगरभित्रका सहकारीका व्यवस्थापकका लागि सुरु गरिएको तालिममा थाहा नगरपालिका मातहतका सहकारी संस्थाका व्यवस्थापकको सहभागिता रहेकोछ । थानाबजारको गंगा होटेलको सभाहलमा भएको तालिम थाहानगरका प्रमुख प्रशासकीय अधिकृत कृष्णगिरीको प्रमुख आतिथ्यता भएको थियो । उद्घाटनमा पालिकाका लेखाअधिकृत अमरबहादुर जिसी, कृषि शाखाअधिकृत संजय तिवारी लगायतको उपस्थिति रहेको थियो ।

तालिमको सहजीकरण पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक प्रकाश पौडेल, थाहा नगरपालिका लेखा शाखाप्रमुख अमरबहादुर जिसी, बित्तीय सहजकर्ता मेलिना खत्री र प्रमुख प्रशासकीय अधिकृत कृष्णगिरीले गर्ने कार्यक्रम छ ।थाहा नगरपालिकाको आर्थिक विकास समिति संयोजक हेरमान गोपालीको सभाध्यक्षतामा भएको तालिममा नगरभित्र संचालनमा रहेका ४० ओटा सहकारी संस्थाको व्यवस्थापकको सहभागिता रहेको सहकारी शाखाप्रमुख अस्मिता तिवारी घिमिरेले जानकारी दिइन् ।

प्रमुख प्रशासकीय अधिकृत गिरीले चारदिने तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । गिरीले केही सहकारीका कारण जनविश्वास घट्दै गएको बताए । उनले सहकारीको नियमन कमजोर हुँदा समस्या रहेको औंल्याए । गिरीले अबदेखि नगरपालिकाको प्रतिनिधिको अनिवार्य उपस्थितिमा मात्र साधारणसभा गर्न आग्रह गर्दै सहकारीले बचत ऋणको मात्रकारोबार नगरी उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*