मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

साझाकुरा
२०८० पुष १९, बिहीबार १०:२०

हेटौंडा-हेटौंडा उपमहानगरपालिकामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । तालिमका क्रममा दौडिरहेका बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत डडेलधुराको आलिताल–६ का २५ वर्षीय विनोद एडीको मोटरसाइकलको ठक्करबाट बुधबार मृत्यु भएको हो ।मोटरसाइकलको ठक्करबाट दुई प्रहरी घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–११, थानाभ¥याङमा बुधबार बिहान हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवान एडी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायबनिरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

मोटरसाइकल सडकमा अनियन्त्रित भई पल्टिँदा चालक हेटौंडा–४ का ४१ वर्षीय लक्ष्मण लामा, बागमती प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान नवराज सार्की र विजय खत्री घाइते भएका छन् । मोटरसाइकल चालक लामाको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी जवानद्वय सार्की र खत्री हेटौंडा अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*