पशुपतिनाथका ९३ जना विद्यार्थीलाई न्यानो ज्याकेट

साझाकुरा
२०८० पुष १९, बिहीबार १०:२४

हेटौंडा- मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविका ९३ जना बालबालिकालाई बुधबार न्यानो ज्याकेट बितरण गरिएको छ । विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपालले बालबालिकालाई ज्याकेट उपलब्ध गराएको हो । हेल्पकोड नेपालले विद्यालयमा अध्ययन गरिरहेका एक सय १६ जना बालबालिकालाई स्पोन्सर गरी करिब २ सय जनालाई विद्यालय पोशाक र २५० जना विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको हेलपकोड नेपालले मकवानपुरको मनहरी–४ का तनवटा र मनहरी–३ का एक विद्यालयमा करिब ५ सय बालबालिकालाई बिभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ ।

मनहरी–४ का वडासदस्य दिनेश चेपाङ, विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, सहायक प्रअ सुशील गौतमलगायतले ज्याकेट बितरण गरेका हुन् । न्यानो ज्याकेट पाएपछि बालबालिकालाई नियमिति विद्यालय आउनका लागि अब समस्या नहुने वडासदस्य चेपाङले बताए । पुसको ठण्डीमा पनि सामान्य एउटा विद्यलाय पोशाकको भरमा बालबालिका विद्यालय आउने गरेका छन्

।हेल्पकोड नेपालका कार्यक्रम संयोजक ईन्द्रप्रसाद पाण्डे, फिल्ड अधिकृत विकास चेपाङले वार्षिक कार्यक्रमबाट बचेको रकमबाट बालबालिकालाई ज्याकेट उपलब्ध गराइएको जानकारी दिए । यसअघि मनहरी–४ को सृजना प्राविका बालबालिकालाई पनि न्यानो ज्याकेट बितरण गरिएको र भोलि बिहीबार चेपाङ प्रावि र मनहरी–३ को नवज्योति प्राविका बालबालिकालाई पनि ज्याकेट बितरण गरिने हेल्पकोडका फिल्ड अधिकृत विकास चेपाङले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*