बालमैत्रीका सूचक मापन र पञ्चवर्षीय योजना कार्यशाला

साझाकुरा
२०८० पुष १९, बिहीबार १०:३१

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१७ मा बालमैत्री स्थानीय शासनका सूचक मापन र पञ्चवर्षीय लगानी योजना तयारी कार्यशाला भएको छ ।१७ नम्बरका वडाअध्यक्ष उद्दव सत्यालको सभाध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका विकास महाशाखाप्रमुख एवम् निर्देशक बिष्णुकुमारी लामिछानेले सहजीकरण गरेकी छन् ।

कार्यक्रममा वडाका बालमैत्री सम्पर्क व्यक्तिसहित जनप्रतिनिधि, वडासचिव, सम्पूर्ण संस्थागत र सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, स्वास्थ संस्था प्रमुख एवम् स्वास्थ स्वयंसेविकाहरु, स्थानीय प्रहरी, बाल समूह संजालका प्रतिनिधिहरु, विभिन्न टोल विकासका अध्यक्ष लगायत प्रतिनिधिहरु सहित नगर र वडा सहजकर्ता तथा महिला, बालबालिका शाखाका कर्मचारीको सहभागिता रहेको थियो ।

हेटौंडा उपमहानगरपालिकाले मंसिरमसान्त २०८० सम्ममा सम्पूर्ण वडासहित नगरसमेत बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने लक्ष्य सहित विभिन्न क्रियाकलाप अगाडि बढाइरहेको सन्दर्भमा हाल सबै वडामा सूचक मापन र लगानी योजना निर्माण कार्य संचालन गरेको हो । ८ नम्बर वडामा ३२ सूचक, २ नम्बर वडामा २८ वटा सूचक, १८ नम्बर वडामा २९ वटा र १७ नम्बर वडामा ३० वटा सूचक पूरा भएको लामिछानेले बताइन् । पूरा भएका सूचकको दिगोपना तथा बाँकी सूचक प्राप्तिका लागि आवश्यक कामकारबाही सहितको लगानी योजना निर्माण समेत भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*