हुप्रचौरमा सार्वजनिक शौचालय सञ्चालन

साझाकुरा
२०८० पुष २०, शुक्रबार १०:०७

हेटौंडा-बजारको मध्येभागमा पर्ने हेटौंडा उपमहानगरपालिका–४ हुप्रचौरमा संघीय सरकारद्वारा निर्माण गरिएको सार्वजनिका शौचालयको उद्घाटन भएको छ ।संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले निर्माण गरिदिएको सुविधा सम्पन्न शौचालयको हेटौंडा उपमहानगरपालिका नगरप्रमुख मीनाकुमारी लामाले बिहीवार उद्घाटन गरेकी छन् । महिला, पुरुष तथा शारीरिक अशक्तका लागि निर्माण भएको शौचालय आयोजना कार्यालयले व्यवस्थापन र सञ्चालनको लागि हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयलाई हस्तान्तरण गरेसँगै सञ्चालनमा ल्याइएको हो ।

हुप्रचौर खेलमैदानमा आउने खेलाडी तथा अन्य व्यक्तिले शौचालयको प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ । ३३ लाख ७० हजार ४ सय ५२ रुपैयाँको लागतमा निर्माण भएको शौचालयको उद्घाटनसँगै हेटौंडा उपमहानगरपालिकाबाट कर्मचारी परिचालन गरेर सञ्चालनको व्यवस्था मिलाइएको हो ।शौचालय हस्तान्तरण कार्यक्रममा आयोजना कार्यालयको प्रमुख उज्वल प्रजापति र उपमहानगरपालिकाकी नगरप्रमुख लामाले ४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देललाई साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रममा नगरप्रमुख लामाले संघीय सरकारमार्फत निर्माण भएको शौचालयको व्यवस्थापन सहितको जिम्मेवारी उपमहानगर र वडा कार्यालयले लिने जानकारी गराएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*