२९ जनाले दिए रगत
हेटौंडा-हेटौंडा उपमहानगरपालिकामा आयोजित रक्तदान कार्यक्रममा २९ जनाले रगत दिएका छन् । हेटौंडा–५ पिप्लेमा रहेको हेटौंडा सिटी कलेजको आयोजनामा भएको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका हुन् । कलेजले विद्यार्थीलाई विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय बनाउँदै विभिन्न कार्यक्रम गर्दै आएको छ । विहीबार कलेज परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको प्रशासन प्रमुख सुमन्त सिलवालले बताए ।
कार्यक्रममा प्लसटु, आइटीका विद्यार्थीका साथै शिक्षकले रक्तदान गरेका थिए । कलेजले आगामी दिनमा पनि अन्य विभिन्न कार्यक्रम गर्ने तयारी रहेको प्रमुख सिलवालले बताए ।कलेजका संस्थापक रमिता पाण्डेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा कलेजका प्रिन्सीपल श्रीबहादुर कार्की, प्रशासन प्रमुख सुमन्त सिलवाल, विभागीय प्रमुखहरु, रक्तसञ्चार केन्द्रका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।







