खहरे नियन्त्रणका लागि तटबन्ध निर्माण
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–७ मा नागस्वती–शान्तिटोल खहरे नियन्त्रणका लागि तटबन्ध निर्माण थालिएको छ ।राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको २० लाख रुपैयाँ बजेटमार्फत् तटबन्ध निर्माण थालिएको हो । निर्माणकार्यको हेटौंडा–७ का वडाध्यक्ष दामोदर गौतमले शिलान्यास गरेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले समयमै गुणस्तरीय काम गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिए ।शिलान्यास कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष राजेश गौतम, स्थानीय केदार गौतम, चन्द्रशेखर गौतम, कृष्ण घिमिरे, श्रीकृष्ण तामाङ, लव तामाङ, राधेश्याम बस्नेत, ललिता अमात्य, अनिता बजगाईलगायतको उपस्थिति रहेको थियो ।







