टिसिएन रोडस्थित एक पसलमा आगलागी

साझाकुरा
२०८० पुष २२, आईतवार १०:४५

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१० टिसिएनरोडस्थित एक अटो मोवाइल पार्टस् पसलमा आगलागी भएको छ । शनिबार बिहान स्थानीय हरिवंशप्रसाद गुप्ताको हरिओम अटो मोवाइल पार्टस सपमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।बिहान ९ बजेर ५० मिनेटको समयमा लागेको आगो बागमती प्रदेश प्रहरी बिपद ब्यबस्थापन गुल्म हेटौंडा र हेटौंडा उपमहानगरपालिकाको २ वटा दमकलको सहयोगमा विहान १० बजेर ५५ मिनेटमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी के, कसरी लाग्यो ? भन्ने खुलेको छैन भने मानवीय क्षति भएको छैन । त्यस्तै क्षतिको पुरा विवरण आउन बाँकी छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*