राक्सिराङका चेपाङलाई न्यानो कपडा

साझाकुरा
२०८० पुष २२, आईतवार १०:५१

हेटौंडा-‘बुलेट’ मोटरसाइकलधनीहरुको संस्था हेटौंडा इन्फिल्डर्स मकवानपुरले विकट राक्सिराङ गाउँपालिकामा रहेको चेपाङ समुदायमा सहयोग गरेको छ ।राक्सिराङ गाउँपालिका–२, कुडुलेका ७० जना विपन्न चेपाङ परिवारलाई ज्याकेटदेखि जुत्तासम्म न्यानो कपडा सहयोग गरेको हो । शनिवार कुडुले पुगेको हेटौंडा इन्फिल्डर्स मकवानपुरको टोलीले ७० जना चेपाङ परिवारलाई ज्याकेट, टाउजर, हुडी, पाइन्ट, स्वीटर र जुत्ता सहयोग गरेको हो । सहयोग पाउनेमा बाल बालिकादेखि पुरुष र महिलासमेत रहेको हेटौंडा इन्फिल्डर्स मकवानपुरका अध्यक्ष राजक शाहीले जानकारी दिए ।हेटौंडा इन्फिल्डर्स मकवानपुरले जिल्लाभित्र विपन्न, गरिब समुदाय तथा वृद्धाआश्रमहरुमा सहयोग गर्दै आइरहेको छ ।

राक्सिराङका चेपाङलाई न्यानो कपडा उपलब्ध गराउन १० जनाले कपडादेखि जुत्तासम्म सहयोग गरेको अध्यक्ष शाहीले बताए । सहयोगका लागि न्यानो कपडा उपललब्ध गराउनेमा अर्जुन चौधरी, संजय तामाङ, शान्ताकुमार श्रेष्ठ, कुमार अधिकारी, मुन्ना सलाउदिन मिया, ओम चौलागाई, सन्जन गौतम, कवि शर्मा कँडेल, विपिन ताम्राकार, अनिल श्रेष्ठ र राजक शाही रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*