जिल्ला सहकारी संघको अध्यक्षमा देवकोटा

साझाकुरा
२०८० पुष २२, आईतवार ११:३७

हेटौंडा- मकवानपुर जिल्ला सहकारी संघको सञ्चालक समितिको अध्यक्षमा पुनः नारायणप्रसाद देवकोटा चयन भएका छन् । शनिबार भएको संघको २० औँ साधारणसभा तथा अधिवेशनबाट देवकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्माण भएको हो ।समितिको उपाध्यक्षमा मेनुका दाहाल घिमिरे, सचिवमा दिनेश उपाध्याय, कोषाध्यक्षमा विमलकुमार ढकाल, सहसचिवमा भोगेन्द्र लुईटेल चयन भएका छन् । यसैगरी सदस्यमा अर्जुनप्रसाद वाग्ले, सीताराम दाहाल, हेमप्रसाद न्यौपाने, हरिप्रसाद पौडेल, बिमला कार्की, शर्मिला डंगोल, श्रमिक लामा चयन भएका छन् । यसैगरी लेखा समितिको संयोजकमा खेमराज सापकोटा चयन भएका छन् भने सदस्यमा ज्ञानेन्द्र ढुंगाना र लक्ष्मणप्रसाद सुवेदी चयन भएका छन् ।

संघका अध्यक्ष देवकोटाको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा शनिवार संघको साधारणसभा भएको हो । १ सय ९९ संस्था शेयर सदस्य रहेको संघमा १० लाख ६ हजार शेयर पुजीँ रहेको छ । संघले सहकारी बजार विकास कार्यक्रम अन्तर्गत विभिन्न गतिविधि गर्दै आइरहेको छ । सभामा संघको बढी शेयर खरिद गर्ने जिल्ला बचत तथा ऋण सहकारी संघ र हेटौंडा–११ मा रहेको बागेश्वरी महिला साकोसलाई सम्मान गरेको थियो ।

साधारणसभामा संघका पूर्वअध्यक्ष बद्रीप्रसाद लम्साल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य बिदुर हुमागाई, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्रप्रसाद ढुंगाना, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेल, जिल्ला कृषि सहकारी संघका अध्यक्ष महेश्वर सुवेदी, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका कार्यबहाक अध्यक्ष शर्मिला डंगोल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*