रानी वनको वार्षिकोत्सवमा आठजना सम्मानित
हेटौंडा- सर्वमान्य गणेशमान सिह वन संरक्षण पुरस्कार प्राप्त गर्न सफल हेटौंडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको ३० औं वार्षिकोत्सव आइतवार भएको छ ।वार्षिकोत्सवको अवसरमा समूहले विभिन्न विधाका ८ जना उपभोक्तालाई सम्मानित गरेको छ । समूहले उत्कृष्ठ उपभोक्तामा हेटौंडा–६ दिब्यनगरका तारानाथ ढकाल, पशुपालनमा हेटौंडा–६ का कृष्णप्रसाद घोरसैनी, खेतीमा मकवानपुरगढी–३ का भीमसेन हुमागाई, सरसफाईमा मकवानपुरगढी–३, मक्रान्चुलीका रामशरण देवकोटा, कृषिउपज खरिदकर्तामा हेटौंडा–६, पुतलीबजारकी कल्पना परियारलाई सम्मानित गरेको छ ।
यसैगरी वातावरण सफाइमा हेटौंडा–६ चौघडाका राजु थापामगर, उत्कृष्ठ महिला समूहमा मकवानपुरगढी–४, कालीखोलामा रहेको एकता महिला आयआर्जन समूह र २०८० सालको एसइइमा उत्कृष्ट अंक हासिल गर्ने मकवानपुरगढी–३, मक्रान्चुलीका अनिश घिमिरेलाई वार्षिकोत्सवको अवसरमा सम्मानित गरेको छ । हेटौंडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम् समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
हेटौंडा–६ का वडासदस्य सरिता सापकोटा, लेखराज ढकाल, सवडिभिजन वन कार्यालय, हेटौंडाकी वन अधिकृत सविना रिजाल, फरेष्टर यदुकुमार घिमिरे, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, अशोक सामुदायिक वनका अध्यक्ष रमेशकुमार राई, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, जनकल्याण सहकारीका सचिव रोमबहादुर न्यौपाने, बंशगोपाल दुग्ध सहकारीका लेखासंयोजक जयराम घिमिरे, समूहका उपाध्यक्ष केशव धिताल सचिव नानीमायाँ रुम्वा, कार्यसमितिका पदाधिकारी, लेखासमिति, महिला समूहका पदाधिकारी, उपभोक्ता, कर्मचारी लगायतको सहभागिता रहेको थियो । १ सय ३४ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनमा ९ सय घरधुरी आवद्ध रहेका छन् ।







