मनहरीमा अचेत अवस्थामा भेटिएका पुरुषको उद्दार

साझाकुरा
२०८० पुष २४, मंगलवार १०:३७

हेटौंडा- मकवानपुरको मनहरी खोला बगरमा अचेत अवस्थामा भेटिएका पुरुषको उद्दार गरिएको छ । मनहरी गाउँपालिका–८ सिमपानीस्थित मनहरी खोलाको बगरछेउ बस्ती नजिकैबाट ३० बर्षीय संजीव बिकको उद्दार गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।प्रहरीका अनुसार सोमबार बिहान ५ बजेर ४५ मिनेटको समयमा विककलाई अचेत अबस्थामा देखेपछि स्थानीय अटो चालकले उद्दार गरी उपचारका लागि स्थानीय मेडिकलमा लगेका थिए । उनलाई सामान्य उपचारपश्चात थप उपचारको लागि भरतपुर चितवनतर्फ पठाईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*