थाहा फिल्म फेस्टिभलको हिसाव सार्वजनिक

साझाकुरा
२०८० पुष २५, बुधबार १२:२५

हेटौंडा- मकवानपुरको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिकामा गत मंसिर ९ गतेदेखि १५ गतेसम्म भएको थाहा फिल्म फेस्टिभल–२०२३ को आयब्यय विवरण सार्वजनिक गरिएको छ ।प्राकृतिक सौन्दर्यले भरिपूर्ण थाहानगरलाई खुला फिल्म सिटीका रुपमा विकाससँगै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यसहित मङ्सिर ९ गतेदेखि १५ गतेसम्म भएको साताव्यापी फिल्म महोत्सव आयोजनामा भएको खर्चको विवरण सार्वजनिक गरिएको हो । शंकर होटलमा आयोजित पत्रकार सम्मेलन गरी खर्च बिवरण जानकारी दिइयो ।

फिल्म फेस्टिभलका संयोजक प्रमोदकृष्ण जोशीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कार्यक्रमका उपसंयोजक राजिव स्याङ्तानले खर्च विवरण सार्वजनिक गरेका हुन् ।थाहा कलाकेन्द्रको आयोजनामा भएको फिल्म फेस्टिभलको लागि ३५ लाख रुपैयाँ बजेट अनुमानित गरिएकोमा ३० लाख रुपैयाँ खर्च भएको जानकारी दिइयो । उपसंयोजक स्याङ्तानका अनुसार १० लाख रुपैयाँ थाहा नगरपालिका र १० लाख रुपैयाँ बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट बिनियोजित भएको र अन्य प्रायोजकहरुबाट १५ लाख उठ्ने अनुमानित गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*