राक्सिराङका लामा पर्साबाट गाँजासहित पक्राउ

साझाकुरा
२०८० पुष २५, बुधबार १२:३४

हेटौंडा-सशस्त्र प्रहरी बल (एपिएफ) ले पर्साबाट १ सय ६८ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना मकवानपुरका युवा छन् ।प्रस्तावित सीमासुरक्षा गुल्म भिखमपुरको टोलीले मंगलबार जगरनाथपुर गाउँपालिका–४ स्थित हरपुरबाट अबैध लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको हो ।प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–४ बस्ने अन्दाजी २२ वर्षीय राजु लामा र बेनिघाटरोराङ गाउँपालिका–४ बस्ने अन्दाजी २० वर्षीय समिर तामाङलाई गाँजा ओसारपसारको आरोपमा पक्राउ गरेको हो । उनीहरु गाडीको सहचालक तथा चालक रहेका छन् ।
वीरगंजबाट ठोरी जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीमा फल्सबटम बनाएर १६ वटा पोकामा लुकाएर लैजाँदै गरेको करिब १ सय ६८ किलो लागुऔषध गाँजासहित तामाङ र लामालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । थापाका अनुसार उनीहरुबाट ७८ हजार ५ सय नेपाली रुपैयाँ र दुईथान मोबाइल समेत बरामद भएको छ । आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*