आधारभूत केशश्रृंगार तथा सौन्दर्य तालिम सुरु

साझाकुरा
२०८० पुष २५, बुधबार १२:३७

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित नवजीवन ज्योति क्लबको आयोजना र व्यावसायिक सीप विकास तालिमकेन्द्र, हेटौंडाको सहयोगमा ३ महिने आधारभूत केशश्रृंगार तथा सौन्दर्य तालिम सुरु भएको छ ।तालिमको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँले सीप सिकेर आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गरेका छन् । नगरपालिकाले सीपको सदैव सम्मान गर्ने बताउँदै कर्मक्षेत्रमा काम गर्दा परेका समस्यामा सहयोग गर्ने बताए । सीप भएको मान्छेको सबैले कदर गर्ने भएकाले आफूले सिकेका सीप अरुलाई पनि सिकाउनुपर्नेमा बानियाँको जोडथियो । अनुपा घिमिरे, निर्मलागुरागाई र ईन्द्रावती तिमल्सिनाले सहजीकरण गर्ने तालिमा स्थानीय २५ जना किशोरीको सहभागितारहने क्लबले जनाएको छ ।

कार्यक्रममा हेटौंडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहाल, ब्यावसायिक तथा सीप विकास तालिमकेन्द्रका प्रमुख अशेष खड्का, लेखाअधिकृत डोरबहादुर खड्का, टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुव अधिकारी, प्रशिक्षक नवराज पौडेल, क्लबका निवर्तमान अध्यक्ष गणेशकुमार श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ, बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, सञ्चारकर्मी भीमसेन पौडेल, क्लबका सचिव राजकुमार फुँयाल, सहसचिव शोभा घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*