सवारी दुर्घटनामा परेर ८ जना घाइते

साझाकुरा
२०८० पुष २६, बिहीबार १०:२४

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१९ सान्नानीटारमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । बुधबार बिहान सान्नानिटारस्थित पूर्वपश्चिम सडकखण्डमा दुईवटा सवारी एकआपसमा ठोक्किएका थिए ।मनहरीबाट हेटौंडा आउँदै गरेको ना ७ ख ४२३८ नम्बरकोको ट्यांकर र बिपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च १०६३ नम्बरको ईसुजी पिकप गाडी एकआपसमा ठक्कर सादाँ पिकअपमा सवार व्यक्तिहरु घाइते भएको जिल्लाप्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा भक्तपुर चागुनारायण–९ बस्ने ३२ वर्षीय निरु त्यात, सोही ठाउँ बस्ने ३३ वर्षीयको आरयान त्यात ११ वर्षीय रियान त्यात ५ वर्षीय रिवस त्यात, भक्तपुर नगरपालिका–५ वस्ने ३२ वर्षीय प्रकाश मठ्या, सोही ठाउँ बस्ने ३१ वर्षीय नबिना मठ्या ६ वर्षीय प्रसुन मठ्या तथा २२ महिनाको बालक प्रसुन मठ्या रहेको मकवानपुर प्रहरीले जनाएको छ ।घाइतेमध्ये आरयान आँखा हस्पिटल हेटौंडामा उपचारको लागि पठाइएको छ भने प्रसुनलाई निगरानीमा राखिएको छ । अन्य घाइतेको हेटौंडा अस्पतालमा उपचार पछि डिस्चार्ज भएका छन् भने ट्यांकर चालकलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*