सिटिजन्स् बैंकको घरदैलो

साझाकुरा
२०८० पुष २६, बिहीबार १०:४४

हेटौंडा-सिटिजन्स् बैंक ईटरनेश्नल लिमिटेड हेटौंडा शाखाले बुधबारबाट हेटौंडा उपमहानगरपालिका–१ मा रहेको तरकारी तथा फलफूल थोकबजारबाट घरदैलो कार्यक्रमको सुरुवात गरेको छ ।डिजिटल वित्तीय साक्षरता, लघु, साना तथा मझौला उद्यम वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको सिटिजन्स् बैंक हेटौंडा शाखाप्रमुख निश्चल सुवेदीले जानकारी दिए । उद्यमीलाई डिजिटल भुक्तानी प्रणालीको भूमिका र व्यवसायमा त्यसको प्रयोगबारे जानकारी दिने साथै, डिजिटल भुक्तानीलाई दिगो बनाइराख्न उपलब्ध विभिन्न सेवाहरु पनि गराइने बताइएको छ ।यस्ता कार्यक्रमले ग्राहक तथा व्यवसायीलाई बैंकिङ सहजता प्रदान गर्ने गरेको सुवेदीले बताए। बैंकले समय समयमा यस्ता कार्यक्रमहरु गर्ने गरेको छ, जसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ग्राहकको लागि सहजता प्रदान गर्ने गरेको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*