आमागस्ती समूहमा आँखादानसम्बन्धी जनचेतना

साझाकुरा
२०८० पुष २७, शुक्रबार ११:२७

हेटौंडा- पुष्पाञ्जली आमा गस्ती समूह हेटौंडा–९ को आयोजनामा आँखादानसम्बन्धी जनचेतना कार्यक्रम भएको छ ।नेपाल आँखा बैंक र नेपाल आँखादान समाज र हेटौंडा आँखा अस्पतालको सहयोग सोलुशन नेपालको संयोजनमा कार्यक्रम गरिएको हो ।कोर्नियाँका कारण दृष्टिविहीन हुन नपरोस् भन्ने अभियानस्वरुप नेपाल आँखादान समाजका निर्वतमान अध्यक्ष साधुराम महर्जनले अभिमूखीकरणमा सहजीकरण गरेका थिए । कार्यक्रम पुष्पाञ्जलीका अध्यक्ष कल्पना थापामगरको सभाध्यक्षतामा र हेटौंडा उपमहानगरपालिका–९ का अध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रम सामुदायिक प्रहरी सेवाकेन्द्र मकवानपुरका उपाध्यक्ष केशव न्यौपाने, गैसस मकवानपुरका अध्यक्ष रमिला सापकोटा, सामुदायिक प्रहरी सहायकहवल्दार लिला गुरोै, सोलुशन नेपालका गोमा शाहलगायतको आतिथ्यता रहेको थियो ।मानव शरीर मृत भएपनि शरीरका अ·हरु जिउँदो मानिसलाई अंगदान गर्न सकिने र जलनका बिरामीलाई छाला दान गर्न सकिने बिषयमा अभियन्ता सरस्वती महर्जनले सहजिकरण गरेकी थिइन् । सोही कार्यक्रममा मरणोप्रान्त स्वईच्छाले आखाँदान गर्ने ईच्छुक ८ जनाले आँखादान फाराम भरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*