हेटौंडामा मुस्लिम इत्तेहाद संगठनको प्रदेश अधिवेशन

साझाकुरा
२०८० पुष २८, शनिबार ११:४५

हेटौंडा-नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम बागमती प्रदेश अधिवेशन पुस २८ गते (आज शनिवार) हेटौंडामा हुने भएको छ ।पत्रकार सम्मेलन गरी आयोजक संगठनले प्रथम अधिवेशनमा करिब १ सयजना प्रतिनिधिको सहभागिता हुने जानकारी दिएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज समिम खानले अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताए । हेटौंडाको बालकुमारी पार्टी प्यालेमा हुने अधिवेशनमा नेपाल मुस्लिम इत्तिहाद संगठनका केन्द्रीय अध्यक्ष, प्रतिनिधिसभा सदस्य एवम् एमाले केन्द्रीय सदस्य सिराज फारुकी सहितका एमाले नेताहरुको सहभागिता रहने छ ।

संगठन केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य फारुकीले मुस्लिम इत्तेहाद संगठनको रुपरेखा बनाउने भूमि मकवानपुरमा बागमती प्रदेशको पहिलो अधिवेशन गर्न लागिएको बताए । मुस्लिम समुदायको हकअधिकारको पक्षमा काम गर्दै आइरहेको संगठनले पछि पारिएको समूदायको उत्थानका विषयलाई अधिवेशनमा उल्लेख गर्ने उनको भनाई रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय उपमहासचिव एवम् संगठन विभागप्रमुख जगुल मियाले अधिवेशनबाट बढीमा ३० सदस्यीय प्रदेश कमिटी निर्माण गर्ने तयारी रहेको बताए ।

अधिवेशनले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव र एक उपसचिव सहितको कमिटी चयन गर्ने उनको भनाई रहेको छ । हाल मुस्लिम इत्तेहाद संगठनको भेला, सभासम्मेलनको लागि अध्यक्ष फारुकी, उपमहासचिव मिया सहितको टिम देश दौडाहामा रहेको कार्यक्रममा जानकारी दिइएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य एवम् मकवानपुर सह–इन्चार्ज महमद सफिक सहित जिल्ला तथा प्रदेश तहका नेताको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*