वंशगोपाल दुग्ध सहकारी अध्यक्षमा चौलागाईं
हेटौंडा-बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्था, हेटौंडा–६, चौघडाको ३२ औं वार्षिक साधारणसभा भएको छ । साधारणसभाले खडानन्द चौलागाईंको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति बनाएको छ ।समितिको उपाध्यक्षमा केशव धिताल, जिल्ला संघ प्रतिनिधिमा बासुदेव अधिकारी चयन भएका छन् । सदस्यहरुमा रामप्रसाद गौतम, शिवराज आचार्य, महादेवप्रसाद न्यौपाने, सूर्यप्रसाद दुलाल, केशव चौलागाई, रुद्रकुमारी सापकोटा र हीरादेवी महर्जन चयन भएका छन् । लेखा समितिको संयोजकमा जयराम घिमिरे, सदस्यमा दिलिप सुवेदी र राधिका हुमागाई, कृषक हितकोषको संयोजकमा केशव धिताल सदस्यमा नवराज पौडेल र गोपालचन्द्र भट्टराई चयन भएको निर्वाचन संयोजक रमेशप्रसाद लामिछानेले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष श्यामप्रसाद न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, लेखा संयोजक जयराम घिमिरेले लेखा समितिको प्रतिवेदन, कृषक हितकोषका सदस्य नवराज पौडेलले हितकोषको प्रतिवेदन, पशुधन संरक्षण समितिका संयोजक खडानन्द चौलागाईले पशुधन संरक्षण समितिको प्रतिवेदन र व्यवस्थापक लक्ष्मण सापकोटाले आव. ०७९÷८० को लेखापरीक्षण प्रतिवेदन र चालु आव. ०८०÷८१ को लागि ३ करोडको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।
साधारणसभामा उत्कृष्ट कृषकमा बासुदेव अधिकारी, नवराज दाहाल र रजत श्रेष्ठ, गुणस्तरीय दूध विक्रीमा रामप्रसाद गौतम, सफा दूध विक्रीमा कृष्णहरि राई, गोठ सफामा लक्ष्मण खनाल, धेरै पशुआहार खरिदमा रामनाथ बास्तोलालाई पुरस्कृत गरिएको थियो । यसैगरी उत्कृष्ट बचतकर्ता गोमा लामिछाने र जयराम घिमिरे, उत्कृष्ट कारोवारीमा विमला दाहाल र राजीव खनालाई पुरस्कृत गरिएको हो ।
साधारणसभामा हेटौंडा–६ का वडाध्यक्ष विष्णुबहादुर दाहाल, दुग्ध विकास बोर्ड बागमती प्रदेशका सञ्चालक सदस्य बासुदेव अधिकारी, संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देल, पूर्वअध्यक्ष बासुदेव सापकोटा, केशवप्रसाद सञ्जेल, सल्लाहकार बालकृष्ण चौलागाईं, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, नौलो बिहानी कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुंगाना, मक्राञ्चुली साझा सहकारीका अध्यक्ष रामहरि न्यौपाने, नारायणी दुग्ध सहकारीका अध्यक्ष शिव सञ्जेल, नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोलालगायतको आतिथ्यता थियो ।







