माघ १ गते थारु माघी महोत्सवको निम्तो
हेटौंडा- थारु कल्याणकारीसभा मकवानपुरको आयोजनामा छैठौं थारु माघी महोत्सव सोमबार हेटौंडामा हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै छैठौं थारु माघी महोत्सव २०८० माघ १ गते हेटौंडा–४ स्थित भुटनदेबी माविको खुलाचौरमा हुने थारु कल्याणकारीसभाले जानकारी गराएको हो ।महोत्सवको मुख्य उद्देश्य र थारु जातिको सांस्कृतिक, मौलिक कला, भाषा, दर्शन, साहित्य, रीतिरिवाज र थारु खानपिन परिकारलगायतका विषयमा जानकारी गराइने कल्याणकारीसभाका सहसचिव रामानन्द चौधरीले जानकारी दिएका छन् । हेटौंडामा २०७५ देखि माघी महोत्सव बिभिन्न कार्यक्रम सहित मनाउन थालिएको हो । महोत्सवका लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडा सिमेन्ट उद्योग, बुद्ध ईन्जिनियरिङ वर्कसप, राधेराधे ईन्जिनियरिङ, मेरिना ड्राईक्लिनिङ, आकृति फार्मेसी, एस.डान्स कम्पनी, चौधरी मोटरसाइकल वर्कसपलगायतले सहयोग गरेका छन् ।
थरुहट तराईका भूमिपुत्र थारुहरुको गौरवमय इतहास रहेको उल्लेख गर्दे बागमती प्रदेशको राजधानी हेटौंडामा बिगतदेखि मनाउँदै आइरहेको माघी पर्व यो वर्षपनि भब्य रुपमा मनाउने र नगरबासीलाई महोत्सवको निम्तो दिइएको छ । हेटौंडा नगरप्रमुख मीनाकुमारी लामाले उद्घाटन गर्ने थारु माघी महोत्सवमा ५ हजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहेको बताइएको छ । थारु कल्याणकारी सभाका सचिव चन्द्रकान्त चौधरीका अनुसार सोमबार बिहान १० बजे भुटनदेवी माविको चौरबाट थारु जातिको पहिचान झल्कने भेषभूषा, झाँकीसहितको ¥यालीले सीमाचोक, बुद्धचोक, कान्तिराजपथ हुँदै नगरपरिक्रमा पनि गर्ने तयारी भएको छ ।
छैठौं माघी महोत्सव, २०८० भुटनदेवी माविको चौरमा माघ १ गते सोमवार सहभागी भई सहयोग गरिदिन थारु कल्याणकारी सभाका अध्यक्ष सचिनान्द चौधरीले आग्रह गरेका छन् । नेपालको तराई र भित्री मधेशका २३ जिल्लामा बसोबास गर्ने आदिबासी थारुजातिको महत्वपूर्ण पर्वको रुपमा माघीलाई लिइन्छ ।माघी महोत्सवमा थारु जातिले खाने तेलपौर रोटी, बगिया÷ढिकरी, तिल, भुजाको लड्डु, बरी, अदौरी, अमादीके चटनी, घुङी, गँगटो, माछा, हाँस, कुखुरा, परेवाको मासु आदि परिकार सशुल्क उपलब्ध गराउने स्टलको ब्यवस्था गरिएको अध्यक्ष चौधरीले जानकारी दिएका छन् ।







