नमूना बहुउद्देश्यीय सहकारीको साधारणसभा

साझाकुरा
२०८० पुष २९, आईतवार १०:५५

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१०, स्थित नमूना बहुउद्देश्यीय सहकारी संस्थाको शनिवार २१ औं वार्षिक साधारण सभा भएको छ ।सहकारीका अध्यक्ष केदारप्रसाद न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाका वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । न्यौपानेले बहुउद्देश्यीय सहकारीको महत्व धेरै रहेको बताए । उनले सहकारीहरुमा पछिल्लो समय देखिएको समस्याको समाधान गरेर जानुपर्नेमा जोड दिए । उनले बिना धितोको ऋण असुलीमा सहकारीहरु समस्यामा परेको भन्दै ऋण प्रवाहमा सहकारीले ध्यान दिनुपर्ने बताए । वडाध्यक्ष न्यौपानेले सर्वसाधारणहरु श्रम गर्नबाट टाढाटाढा हुँदै गएको बताउँदै श्रम गर्न छोडेर नहुने बताए ।

साधारणसभामा मकवानपुर चेम्बर अफ कमर्सका अध्यक्ष माधव न्यौपाने, संस्थाका पूर्वअध्यक्ष महेन्द्रनाथ शर्मालगायतको आतिथ्यता रहेको थियो ।संस्थाका अध्यक्ष न्यौपानेले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । एक हजार ३ सय १४ जना शेयर सदस्य रहेको सहकारीमा ५५ लाख ६९ हजार ६ सय ६० रुपैयाँ शेयर पुजीँ छ । संस्थाको जगेडा कोषमा ५ लाख ४७ हजार १ सय ५ रुपैयाँ छ । बचत निक्षेप १ करोड ८७ लाख ७० हजार ६ सय ४७ रहेको संस्थाले एक करोड ५८ लाख २६ हजार ४ सय ३४ कर्जा लगानी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*