सितु साकोसको १३ औं साधारणसभा
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१, स्थित सितु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार १३ औं वार्षिक साधारणसभा भएको छ ।हेटौंडा उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष गणेशकुमार श्रेष्ठको सभाध्यक्षतामा साधारणसभा भएको हो । प्रमुख अतिथि वडाध्यक्ष न्यौपानेले सहकारीलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए । १ नम्बर वडामा रहेर उत्कृष्ट सेवा दिइरहेको भन्दै सहकारीले पुनःजागृत भएर अगाडि बढ्नुपर्ने न्यौपानेले बताए । ऋण लगानी र ऋण असुलीमा सहकारीहरु चनाखो भएर अगाडि बढ्नुपर्ने वडाध्यक्ष न्यौपानेले बताएका छन् ।
साधारणसभामा हेटौंडा उपमहानगरको सहकारी शाखाप्रमुख हिमप्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका विजय बस्नेत लगायतको आतिथ्यता रहेको थियो । साधारणसभामा सहकारी अध्यक्ष श्रेष्ठले अध्यक्षको प्रतिवेदन, सहकारीकी कोषाध्यक्ष शोभा श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक धिरेन्द्र शाक्यले लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।सहकारीले गत आर्थिक वर्ष २०७९÷८० असार मसान्तसम्म १ करोड ६२ लाख ७६ हजार ८ सय ५५ रुपैयाँ कारोबार गरेको छ । शेयर पुँजी ३३ लाख ४७ हजार १ सय रुपैयाँ रहेको सहकारीको बचत तथा निक्षेप दायित्व १ करोड १८ लाख ६० हजार २ सय ४ रुपैयाँ छ । सहकारीको गत आवमा आम्दानी ३१ लाख ८० हजार र खर्च २९ लाख ३० हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।







