भुटनदेवीमा रात्रिकालीन पाहुना विश्रामघरको उद्घाटन

साझाकुरा
२०८० पुष २९, आईतवार ११:१९

हेटौंडा- हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरमा रात्रिकालीन पाहुना घर सञ्चालनमा आएको छ । भुटनदेवी मन्दिर ब्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिले संचालन गर्ने गरी भुटनदेवी रात्रिकालीन पाहुना विश्रामघरको शनिबार उद्घाटन गरिएको हो ।नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले शनिबार विश्रामघरको उद्घाटन गरेका हुन् । भुटनदेवी मन्दिर ब्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिको २० औं साधारणसभा तथा अधिबेशनको प्रमुख अतिथि समेत रहेका बानियाँले विश्रामघरको उद्घाटन गरे ।

समितिको २० औं साधारण सभा तथा रात्रिकालीन पाहुना विश्रामघरको समुदघाटन गर्दै बानियाँले भुटनदेवी मन्दिरको भौतिक पूर्वाधार निर्माण तथा पर्यटकीय प्रवद्र्धनका लागि विगतदेखि नै सहयोग गर्दै आएको बताए । उनले आगामी दिनमा पनि आफू र प्रदेश सरकारको तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । नेता बानियाँले धर्म भनेको सत्य र ठीक बाटो हिंडाउने माध्यम भएको बताउँदै यसको सम्वद्र्धन र प्रवद्र्धन गर्न हामी सबै लाग्नुपर्ने बताए ।

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्मित २४ कोठे विश्रामघरमा ६० जनासम्म बस्न मिल्ने समिति अध्यक्ष राममान श्रेष्ठले बताए । समितिका अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्वसमेत निर्वाचित गर्ने बताइएको छ । साधारणसभामा मन्दिरलाई सहयोग र विभिन्न क्षेत्रबाट योगदान गर्ने समाजसेवीलाई मायाको चिनो र सम्मानपत्र प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*