हत्यामा दोषी ठहरिएका थाहाका दुईजना १७ वर्षपछि पक्राउ

साझाकुरा
२०८० माघ १, सोमबार १३:२९

हेटौंडा-व्यक्ति हत्यामा दोषि ठहरिएका मकवानपुरको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिका घर भएका दुईजना फरार प्रतिवादीलाई मकवानपुर प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालिका–१२ स्थित गैरीगाउँका ४५ वर्षीय रामचन्द्र स्याङ्तान र ५० वर्षीय कालु गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला अदालतले हत्या अभियोग प्रमाणित गरी दोषि करार गरेको भए पनि उनीहरुले विगत १७ वर्षदेखि प्रहरीबाट उम्किँदै आएका थिए ।

मकवानपुर प्रहरीप्रवक्ता लक्ष्मी भण्डारीका अनुसार आइतबार दुबै जनालाई घरबाटै पक्राउ गरेको हो ।पक्राउ परेका स्याङ्तान र गोलेले २०६३ साल जेठ १९ गते थाहा–१२ स्थित गैरीगाउँका ७२ वर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेको ठहर जिल्ला अदालतले गरेको थियो । उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मकवानपुरले २०६७ साल असोज ८ गते २० वर्षको कैद सजाय तोकेको थियो ।

जिल्ला अदालतबाट कैद तथा जरिवाना ठहर भएर फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले आइतबार घरबाटै पक्राउ गरेको भण्डारीले जानकारी दिए । पक्राउ परेको दुबैजनालाई जिल्ला अदालत मकवानपुरमा आइतबार नै उपस्थित गराएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*