पर्वले एकताको शुत्रमा बाँध्न सघाउँछः प्रदेशप्रमुख शर्मा
हेटौंडा-बागमती प्रदेशका प्रदेशप्रमुख यादवचन्द्र शर्माले नेपालीले मनाउने चाडपर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकताको शुत्रमा बाँध्न सघाउ पु¥याउने विश्वास व्यक्त गरेका छन् ।सोमबार मनाइदै गरेको माघेसंक्रान्ति अर्थात माघी पर्वको अवसरमा शुभकामना सन्देश दिंदै प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका कामना व्यक्त गरेका छन् । शर्माले हाम्रो देश नेपाल भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण रहेको उल्लेख गर्दै शुभकामना सन्देशमा यी विविधताप्रति हामीले गौरव गर्नुपर्दछ भनेका छन् ।
‘माघी थारु समुदायले हर्षोल्लासपूर्ण वातावरणमा मनाउने पर्व हो ।’, प्रमुख शर्माले भने ‘आजैका दिन अन्य समुदायबीच पनि मकरसंक्रान्तिका रुपमा यो पर्व मनाइन्छ । हाम्रा मौलिक सांस्कृतिक परम्पराहरुको संरक्षण तथा सम्बर्धन गर्दै अघि बढौं’ उनले शुभकामना सन्देशमा भनेका छन् ।







