६५ वर्षीया मोक्तान ओछ्यानमै मृत फेला
हेटौंडा- मकवानपुरगढी गाउँपालिकामा एक महिला सुतिरहेकै स्थानमा मृतअवस्थामा फेला परेकी छन् । मकवानपुरगढी–६ कत्लेखोलाकी ६५ वर्षीया प्रितीमाया मोक्तान ओछ्यानमै मृत भेटिएकी हुन् । ओछ्यानमै मृत भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । सुतिरहेको अवस्थामा मोक्तानलाई मृतअवस्थामा देखेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको र मृत्युको कारण खुल्न नसकेको डिएसपी भण्डारीले जानकारी दिए ।







