पालुङ जेसीजमा नयाँ समितिको पदस्थापना
हेटौंडा-पालुङ जेसीज वर्ष २०२४ को अध्यक्षमा निरज रायमाझी पदस्थापित भएका छन् । मंगलबार भएको जेसीजको २४ औं पदस्थापन कार्यक्रममा २०२३ का अध्यक्ष संगम कार्कीले रायमाझीलाई अध्यक्षको माला हस्तान्तरण गर्दै अध्यक्ष पदमा पदस्थापित गराएका हुन् ।अध्यक्षमा पदस्थापित रायमाझीले युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमार्फत आफ्नो कार्यकाल नमूनालायक बनाउन प्रयत्न गर्ने प्रतिबद्धता जनाए । जेसीजको साधारणसभाबाट कार्यकारिणी उपाध्यक्षमा नारायण तामाङ र मानसिंह दोङ तथा उपाध्यक्षमा स्मिता बिष्ट, बिस्मिता गोपाली, नवीन कार्की र बिराज थापा सर्वसम्मत चयन भएका थिए ।
अध्यक्ष रायमाझीले महासचिवमा बिक्रम गोपाली, कानूनी सल्लाहकार सुबिन्द्रमान प्रधान, कोषाध्यक्ष सन्जय गोपाली, सहकोषाध्यक्ष अजय कार्की, सचिव रोशनी गोपाली, तालिम आयुक्त अजितकार्की, प्रकरण निर्देशक प्रकाशबहादुर चन्द, जनसम्पर्क अधिकारी सुशान्त गोपाली र शाखा सम्पादक अन्जय प्रधानलाई मनोनित गरेका छन् । २०२३ का अध्यक्ष कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्ने जेसीज सदस्य, पूर्वअध्यक्ष तथा शाखा अध्यक्षहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा पालुङ जेसीजका मानार्थ सदस्य कविराज खत्री, पूर्वअध्यक्ष सुरेन्द्रमान प्रधान, संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, हेटौंडा जेसीज अध्यक्ष विकेशलाल श्रेष्ठ, नेपाल जेसीज उपाध्यक्ष गणेश सापकोटा, निरुपित उपाध्यक्ष सौरभ श्रेष्ठ, निरुपित कार्यकारिणी उपाध्यक्ष अनुप सुनुवार, थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, प्रमुख बिष्णुबहादुर बिष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।







