बसामाडी जेसीजको पदस्थापना

साझाकुरा
२०८० माघ ७, आईतवार १०:५७

हेटौंडा- बसामाडी जेसीजको २५ औँ पदस्थापना तथा पुरस्कार वितरण भएको छ । शुक्रबार हेटौंडामा आयोजित कार्यक्रम वर्ष २०२४ का अध्यक्ष उद्धवराज कठायतको टिमको पदस्थापना तथा पुरस्कार वितरणमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रवि पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।प्रमुख अतिथि पोख्रेलले आफूले माया गरेको सुरुदेखि नै यस संस्थाले आफ्नो जीवनमा धेरै परिवर्तन गरेको र जेसीसले युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएकोमा उनले खुसी व्यक्त गरे ।

कार्यक्रममा सामुदायिक विद्यालयतर्फबाट एसइई परीक्षामा जिल्लामै उत्कृष्ठ नतिजा ल्याउन सफल भूटनदेवी माध्यमिक विद्यालयकी यादव रविना अधिकारीलाई नगद ११ हजार १११ सहित सम्मान गरिएको थियो । पत्रकारिता क्षेत्रमा क्रियाशील साझाकुराकर्मी तथा नेपाल कलम डटकमकी प्रतीक्षा न्यौपानेलाई सम्मान गरिएको थियो ।कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कठायतले आफूले फरक किसिमले कार्यकाल समापन गर्ने बताएका छन् । उनले नयाँ स्लोगन सरल, सवल र सक्रियता युवा नेतृत्व भन्ने नाराकासाथ युवालाई समेट्ने बताएका छन् । कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष जनक भण्डारीले आफ्नो कार्यकालमा सहयोग गर्ने जेसीज सदस्य, पूर्वअध्यक्ष तथा शाखा अध्यक्षलाई मायाको चिनो प्रदान गरेका थिए ।

पदस्थापनापश्चात अध्यक्ष कठायतले विस्तार गरेको कार्यसमितिले पद र गोपनीयताको सपथ लिएको थियो । वर्ष २०२४ का लागि अध्यक्ष कठायतसँगै कार्यकारिणी उपाध्यक्षमा सुदीप नेपाल र दीपेन्द्र यादव, उपाध्यक्षमा प्रमोद उप्रेती, ध्रुब गौतम, अभ्युदय खनाल र आयुश बोम्जम निर्वाचित भएका थिए । कार्यक्रम जनक भण्डारीको सभाध्यक्षमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*