वन मन्त्रालयको त्रैमासिक प्रगति समीक्षा

साझाकुरा
२०८१ बैशाख १२, बुधबार ११:१६

हेटौंडा-बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले तेश्रो त्रैमासिक प्रगति समीक्षा एवम् योजना तर्जुमा गोष्ठीको आयोजना गरेको छ ।मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको समिक्षा कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वनमन्त्री केशवप्रसाद पोख्रेल, नीति तथा योजना आयोग उपाध्यक्ष प्रा.डा.नरविक्रम थापालगायतले आफ्नो धारणा राखेका थिए ।

बुधवारसम्म चल्ने समीक्षाको पहिलो सत्रमा वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधान, वन तथा वातावरण मन्त्रालयको प्रगति डिभिजन वन कार्यालय धादिङका डिभिजन वनअधिकृत विष्णुप्रसाद आचार्यले एक सफल अभ्यास, डिभिजन वन कार्यालय मकवानपुरका डिभिजन वनअधिकृत राकेशप्रसाद चन्द्रवंशीले दिगो वन व्यवस्थापन, डिभिजन वन कार्यालय दोलखाका डिभिजन वनअधिकृत कृष्णराज न्यौपानेले बागमती प्रदेशको वन क्षेत्रबाट अर्थतन्त्रमा योग्दान बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

वन तथा वातावरणमन्त्री पोखरेलले मन्त्रालय मातहतका सरकारी कार्यालयमा स्वदेशी काठ प्रयोग गर्ने योजना ल्याउने बताए । उनले सरकारी कार्यालयमा प्रयोग गरेर बाँकी रहेको काठ उचित मूल्यमा जनतालाई सरकारी दररेटमा उपलब्ध गराउनुपर्नेमा जोडदिए । बागमती प्रदेशमा वातावरणमैत्री झोलाको प्रयोग र प्लास्टिकमुक्त बागमती प्रदेश घोषणा गरिने समेत बताएका छन् । नराम्रो काम गर्नेलाई दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कारको व्यवस्थापन पनि गर्नुपर्ने उनको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*