प्रदेशसभाको बजेट अधिवेशन सोमबारबाट

साझाकुरा
२०८१ बैशाख ३१, सोमबार १०:२४

हेटौंडा-बागमती प्रदेशसभाको अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ । बजेट अधिवेशनको रुपमा रहेको प्रदेशसभाको अधिवेशन बागमती प्रदेश सरकारको सिफारिशमा बागमती प्रदेशका प्रदेशप्रमुख यादवचन्द्र शर्माले आह्वान गरेका थिए ।प्रदेशप्रमुखको कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईँले प्रदेशप्रमुखको कार्यालयबाट प्रदेशसभाको अधिवशेन यही वैशाख ३१ गते दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएको जानकारी दिए ।

प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिशमा प्रदेशसभाको बैठक प्रदेशप्रमुखले आह्वान र अन्त्य गर्ने संविधानमा व्यवस्था छ । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन रुपमा रहने प्रदेशसभाको अधिवशेन वैशाख ३१ गतेका लागि आह्वान गर्न बागमती प्रदेशका प्रदेशप्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।

यसैबीच बागमती प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार प्रदेशसभा सचिवालयममा बसेको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले दिउँसो १ बजेका लागि प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सोमबारबाट सुरु हुने प्रदेशसभाको अधिवेशनको कार्यसूची तय गरेको छ ।

बागमती प्रदेशसभाको आइतबार बसेको कार्यपरामर्श समितिको बैठकले बिभिन्न निर्णय गरेको छ । सभामुख पाठकले कार्यपरामर्श ब्यवस्थापन समितिको बैठकले जेठ १ गते बस्ने बैठकले प्रदेश सरकारले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१÷८२ को बजेटको सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकतामाथि छलफल गर्ने सहमति भएको बताए । सभामुख पाठकले भोलि बैशाख ३१ गते बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारबाट प्रस्तुत हुने प्रदेशको उच्चशिक्षा ऐन २०७८ लाई संशोधन गर्न बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने बिधेयक पेश हुने जानकारी दिए ।

प्रदेशसभाअन्तर्गत रहेको बिभिन्न ५ वटा बिषयगत समितिको सभापति चयनको प्रक्रिया सोही बैठकले आगामी जेठ ३ गते समितिका सभापतिको उमेद्वारी दर्ता गर्न समय निर्धारण गर्ने निर्णय भएको बताइएको छ । सर्बसम्मत निर्णय हुन नसकेको खण्डमा जेठ ५ गते निर्वाचनको प्रक्रिया सुरु गर्ने कार्यसूची रहेको सभामुख पाठकले बताए । कार्यपरामर्श समितिको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ वटै राजनीतिक दलको प्रतिनिधिको सहभागिता रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*