मसिनेको ओमशान्ति भवनलाई चैनपुर जेसीजको सिमेन्ट सहयोग

साझाकुरा
२०८१ असार ५, मंगलवार ११:३७

हेटौंडा- चैनपुर जेसीज मनहरीले मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा निर्माणाधीन ओम शान्ति भवनलाई सिमेण्ट सहयोग गरेको छ । जेसीजका अध्यक्ष रविन ढकालको जन्मदिनको सन्दर्भ पारेर सोमबार एक कार्यक्रमबीच ओमशान्ति भवनका लागि २० बोरा सिमेण्ट सहयोग गरेका हुन् ।फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा संस्थालाई आवश्यक सहयोग गरिएको अध्यक्ष ढकालले बताए ।
कार्यक्रम संयोजक सुरज ढुंगानाको संयोजकत्वमा भएको कार्यक्रममा मनहरी गाउँपालिका–४ का वडाअध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता रहेको थियो । वडाध्यक्ष थापाले सामाजिक कार्य गरेर जन्मदिन मनाउने कार्यको सबैले अनुशरण गर्नुपर्ने बताए । चालु आर्थिक वर्षमा समेत ओम शान्तिको भवनका लागि बजेट विनियोजन गरेको बताउँदै वडाअध्यक्ष थापाले आगामी वर्षका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

ब्रम्हकुमारी राजयोग सेवाकेन्द्र ओमशान्तिका सञ्चालक सुशिला दिदीले धर्मले मानिसलाई अनुशासित बनाउने उल्लेख गर्दै सबैको सहयोगबाट संस्था सञ्चालन भैरहेको जानकारी दिइन् । धर्मकर्म तथा सामाजिक कार्यमा युवापुस्ताले ध्यानदिन जरुरी रहेको उनको सुझाव थियो । सहयोग हस्तान्तरण कार्यक्रममा चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, मसिने शान्ति सामुदायिक वन समितिका अध्यक्ष रामहरि विष्ट, पशुपति टोलविकास संस्थाका अध्यक्ष बालमुकुन्द ढकाल, उज्वलभविष्य मध्यवर्ती समूहका अध्यक्ष नवराज गौतम, पशुपतिनाथ माविका विब्यस अध्यक्ष माधव गौतम लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*