भीमफेदीको नीति तथा कार्यक्रम पारित

साझाकुरा
२०८१ असार १२, मंगलवार १०:४३

हेटौंडा- भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित भएको छ ।पालिकाको सोमबार सम्पन्न ११ औं गाउँसभाबाट पालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सर्वसम्मत पारित गरिएको हो । पालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रैथानेबाली उत्पादन बढाउन कोदो र फापरमा नगद अनुदान वितरण गर्ने उल्लेख गरिएको छ ।यस्तै, पालिकाले विद्यालयमा दिवाखाजा कार्यक्रमलाई विस्तार गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ ।

नीति तथा कार्यक्रममा संघीय सरकारले ५ कक्षासम्म सञ्चालक गरेको खाजा कार्यक्रमलाई पालिकाले विस्तार गरेर ८ कक्षासम्म पु¥याउने नीति लिएको जनाएको छ ।यसैगरी, पालिकाले अनौपचारिक क्षेत्रका १०० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने प्रस्ताव गरेको छ । पालिकाले चालु आर्थिक वर्षमा पनि १०० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराएको छ । गाउँसभामा न्यायिक समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठले न्यायिक समितिको प्रगति प्रतिवेदन र आगामी आवको आर्थिक विधेयक प्रस्तुत गरेका थिए ।नीति तथा कार्यक्रम, आर्थिक विधेयक र न्यायिक समितिको प्रतिवेदन पारित भएसँगै अर्को सूचना नभएसम्मका लागि गाउँसभा स्थगित गरिएको छ । गाउँसभा पालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*