मनहरीको बजेट ९० करोड १३ हजार

साझाकुरा
२०८१ असार १२, मंगलवार १२:२१

मनहरीको बजेट ९० करोड १३ हजार हेटौंडा, १० असार÷ मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ९० करोड १३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।सोमबार गाउँसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष सीता पुलामीमगरले आन्तरिक आयस्रोत तथा बैंक नगद अल्याबाट ३० करोड २७ लाख ९४ हजार ७ सय ९९ रुपैयाँ, संघीय सरकारको वित्तीय समानीकरण अनुदान, राजश्व बाँटफाँड, समपुरक, सशर्त र विशेष गरी ३५ करोड ३६ लाख ५५ हजार, प्रदेश सरकारको समानीकरण अनुदान, सवारी कर वाँडफाँड सशर्त, समपुरक र विशेष गरी ६ करोड २८ लाख १० हजार ४ सय तथा बाँकी १८ करोड ७ लाख ५२ हजार ८ सय १ रुपैयाँ संघीय सरकार राजस्व बाँडफाँड, प्रदेश सरकार सवारी कर, वन रोयल्टी तथा अन्य निकायबाट प्राप्त हुने अनुमान गरिएको उल्लेख गरेकी हुन् ।

व्ययतर्फ संघीय सरकारको सशर्त र समपुरक गरी ३५ करोड ३६ लाख ५५ हजार, प्रदेश सरकारको समपुरक, विशेष र सशर्ततर्फ ६ करोड २८ लाख १० हजार, संघ र प्रदेश सरकारले उपलब्ध गराएको समपुरक बजेटमा गाउँपालिकाको तर्फबाट समेत गरी २ करोड ८२ लाख, प्रशासनिक चालु खर्च तथा कार्यक्रम खर्चतर्फ १६ करोड ५० लाख २२ हजार ९९ खर्च हुने अनुमान गरिएको छ ।विषयगत कार्यक्रम क्रियाकलापतर्फ ३० करोड ७३ लाख ४७ हजार, वडास्तरीय योजनातर्फ ९ करोड ४० लाख, गाउँपालिका स्तरीय योजना र पूर्वाधार विकास योजनातर्फ ३३ करोड ३६ लाख ४३ हजार ९ सय १ रुपैयाँ खर्च हुने अनुमान रहेको उपाध्यक्ष मगरद्वारा प्रस्तुत बजेटमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*