बालजागृतिकी छत्कुली एसईईमा जिल्ला प्रथम

साझाकुरा
२०८१ असार १५, शुक्रबार ११:०२

हेटौंडा-हेटौंडा–२, स्थित बालजागृति इंग्लिस सेकेण्डरी बोडिङ स्कुलकी छात्रा रीतिका छत्कुलीले एसईई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै मकवानपुर जिल्लामा प्रथम स्थान हासिल गरेकी छिन् ।बिहीबार सार्वजनिक भएको नतिजाअनुसार छत्कुलीले ४ जीपीए प्राप्त गरेकी हुन् । हेटौंडा–२, निवासी छत्कुलीले विहीबार प्रकाशित एसईई परीक्षाको नतीजा अनुसार ४ जीपीए हासिल गर्न सफल भएकी हुन् । शिक्षा विकास तथा समन्वय इकाईं मकवानपुरका अनुसार उनी जिल्लाबाट परीक्षामा सहभागी ५ हजार ७ सय ५२ जनामध्ये उत्कृष्ट भएकी हुन् । उनी देशभरको सर्वोत्कृष्ट १८६ विद्यार्थीमध्ये समेत पर्न सफल भएकी छन् ।

बालजागृतिबाटै विद्यालय शिक्षाको सुरुवात गरेकी छत्कुली असाध्यै अनुशासित र मेहेनती विद्यार्थी रहेको विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिए । ‘उनी हाम्रो विद्यार्थीमध्ये मेधावी छात्रा हुन्’, प्रिन्सिपल सुवेदीका अनुसार विद्यालयमा सधैं प्रथम भइरहने उनी विज्ञान तथा गणित प्रदर्शनी र वत्तृत्वकलामा जिल्लामा प्रथम भइरहन्थिन् । साहित्यमा समेत रुची भएकी उनलाई विद्यालयले छात्रवृत्ति प्रदान गर्दै आइरहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*