एसइई परीक्षाको नतिजामा प्रगति मावि जिल्ला प्रथम

साझाकुरा
२०८१ असार १७, आईतवार १३:१२

हेटौंडा-एसईई परीक्षामा मकवानपुरका सामुदायिक विद्यालयहरुमा सबैभन्दा बढी प्रतिशतमा विद्यार्थी उत्तीर्ण गराउन प्रगति माध्यमिक विद्यालय सफल भएको छ ।हेटौंडा उपमहानगरपालिका–९ मा रहेको विद्यालय एसइई परीक्षाको नतिजामा जिल्लाका सामुदायिक विद्यालयमध्ये प्रथम भएको हो । प्रगति माविमा परीक्षा दिने विद्यार्थीमध्ये ७५ दशमलव ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कूल १०७ जना परीक्षार्थीले परीक्षा दिएकामा ८१ जना विद्यार्थी ११ कक्षा पढ्न पाउने भएका छन् भने बाँकी २६ जनाले मौकापरीक्षा दिन पाउने भएका छन् ।

३ दशमलव ६ जिपिए भन्दा बढी ल्याएर उत्तीर्ण हुने विद्यार्थी ७ जना छन् भने १८ जना विद्यार्थीले ३ दशमलव २१ देखि ३ दशमलव ६ सम्म जिपिए ल्याएर उत्तीर्ण गरेका छन् । यसैगरी, २ दशमलव ८१ जिपिएदेखि ३ दशमलव २० सम्म ल्याएर उत्तीर्ण हुनेको संख्या २९ रहेको छ । २ दशमलव ४१ देखि २ दशमलव ८० सम्म ल्याउने विद्यार्थीको संख्या २७ रहेको छ । मौकापरीक्षा दिने २६ जना विद्यार्थीलाई विद्यालयले निःशुल्क कोचिङ कक्षा सञ्चालन गर्ने प्राचार्य निरन्जप्रसाद ढकालले जानकारी दिए ।

प्रगति माविले ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्पूर्ण शुल्क छुट दिने, ३ दशमलव ६ भन्दा माथि ल्याउनेलाई कक्षा ११ र १२ मा ६ महिनाको मासिक शुल्कमा छुट दिने ३ दशमलव २ भन्दा माथि जिपिए ल्याउनेलाई प्रवेश शुल्कमा छुट दिने र २ दशमलव ८ भन्दा माथि ल्याउनेलाई प्रवेश शुल्कमा १ हजार छुट दिने जनाएको छ । १३ सय विद्यार्थी अध्ययनरत प्रगतिमा कक्षा १२ सम्म पठनपाठन हुन्छ । गतवर्षको कक्षा १२ को वार्षिक परीक्षामा पनि प्रगतिले जिल्लामै उत्कृष्ट नतिजा ल्याएको थियो ।

नतिजा प्रकाशनपछि विद्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गर्दै उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । अहिलेको नतिजा नै सम्पूर्ण नभएको भन्दै विद्यालयले आगामी वर्षका नतिजामा सुधार ल्याउदै थप उत्कृष्टता हासिल गर्ने प्रगति माविले जनाएको छ । यसका लागि थप कार्ययोजनाका साथ लागिपर्ने प्रतिवद्धता पनि विद्यालयले व्यक्त गरेको छ । प्रगति माविले कसैसँग प्रतिस्पर्धा नगर्ने तर, आफ्ना विद्यार्थीको उत्कृष्ट नतिजाका लागि निरन्तर प्रयत्न गरिरहने उल्लेख गरेको ।

यसमा तपाइको मत

Your email address will not be published.


*