एसईईमा उत्कृष्ठ नतीजा ल्याउने बालजागृतिको ¥याली

साझाकुरा
२०८१ असार १८, सोमबार ११:३१

हेटौंडा- विद्यालय शिक्षा परीक्षा (एसईई) मा आफ्नो विद्यार्थीले उत्कृष्ट नतीजा ल्याएको खुशियालीमा हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले आइतबार हेटौंडामा पञ्चेबाजा सहितको ¥याली निकालेको छ । बालजागृति स्कूलबाट एसईईमा सहभागी भई रीतिका छत्कुलीले जीपीए ४ हासिल गरेको खुशियालीमा विद्यालय परिवारले ¥याली निकालेको हो । मकवानपुरबाट एसईईमा जीपीए ४ ल्याउने रीतिका एक्ली छात्रा हुन् । देशभरका एक सय ८४ जनाभित्र पर्न सफल रीतिका पनि ¥यालीमा सहभागी भएकी थिइन् । उत्कृष्ट नतीजा हासिल गरेको भन्दै विद्यालयले रीतिकालाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको छ ।

यस्तै भाइस–प्रिन्सीपल एवम् अंग्रेजी विषय शिक्षक अमुल श्रेष्ठ र नेपाली विषय शिक्षक निर्मल घिमिरेले रीतिकालाई १०÷१० हजार रुपैयाँ नगद दिएका छन् । रीतिकासँगै एसईईमा सफल सबै विद्यार्थी र उनीहरुका अभिभावकलाई पनि सम्मान गरेर विद्यालयले खुशियाली ¥याली निकालेको हो । बालजागृति स्कूलबाट २०८० सालको एसईईमा ७७ जना सहभागी भएकोमा ७६ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।विद्यालय परिसरबाट सुरु भएको खुसियाली ¥याली नाचगान सहित संगमचोक, कान्तिराजपथ, पारिजातपथ, स्कूलरोड, सीमाचोक, मेनरोड, बुद्धचोक, नगरपालिकारोड हुँदै पुनः विद्यालयमै पुगेर समापन गरिएको थियो ।¥यालीमा विद्यालयका सञ्चालक, शिक्षक, विद्यार्थी, अभिभावक, वडाका जनप्रतिनिधि सहित सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*