भोम्जनलाई नगद ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान

साझाकुरा
२०८१ असार २७, बुधबार १२:१३

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१, स्थित अमर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा सुमिना भोम्जनलाई नगद ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ ।महालक्ष्मी विकास बैंक लिमिटेडका संस्थापक अशोक श्रेष्ठको स्मृतिमा स्थापना भएको स्व. अशोक श्रेष्ठ महालक्ष्मी मेरिट छात्रवृत्ति भोम्जनलाई प्रदान गरेको हो । महालक्ष्मी विकास बैंक लि. हेटौंडा शाखाद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत गरिब तथा जेहेन्दार छात्रा भोम्जनलाई छात्रवृत्ति प्रदान गरेको विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिइन् ।कार्यक्रममा हेटौँडा–१ का वडाध्यक्ष सविन न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतमलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*