राक्सिराङमा पुरक परीक्षा दिनेलाई निःशुल्क तयारी कक्षा

साझाकुरा
२०८१ असार २७, बुधबार १२:२०

हेटौंडा-राक्सिराङ गाउँपालिकाले एसईई पुरक परीक्षामा सहभागी हुने परीक्षार्थीलाई निःशुल्क अनलाईन तयारी कक्षाको व्यवस्था गरेको छ । गाउँपालिकाले मंगलबारदेखि अनलाइन कक्षाको सुरुवात गरेको हो ।गाउँपालिकाले सूचना जारी गरेर शैक्षिक विकास तथा युवा रोजगार फाउण्डेसन बागबजार काठमाडौंसँगको सहकार्यमा निःशुल्क तयारी कक्षा थालेको जानकारी दिएको हो । निःशुल्क तयारी कक्षामा सहभागी हुन जुम आईडी–८७४ ६९५४ ७९३६ र पासकोड जीपीए प्रयोग गरी कक्षामा सहभागी हुन सकिने गाउँपालिकाले जनाएको छ ।

तयारी कक्षा अन्तर्गत हरेक दिन बिहान ६ बजे ऐच्छिक गणित (ओपीटी म्याथ), बेलुका ५ बजे सामाजिक, बेलुका ६ः१० बजे अग्रेजी, बेलुका ७ः१५ बजे गणित र बेलुका ८ः२० बजे विज्ञान विषयको कक्षा हुनेछ ।गाउँपालिकाले आज हुने कक्षाका बारेमा आजैमात्र सूचना जारी गरेको भन्दै कतिपय स्थानीयले आलोचना गरेका छन् । कम्तिमा पनि एकहप्ता अघि सूचना जारी भएको भए विद्यार्थीले बजारमा बसेर खर्च गरेर तयारी गर्नुपर्ने बाध्यता हट्ने थियो भन्दै स्थानीयले आलोचना गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*