बागमतीमा खानेपानी र सिँचाईं योजनाको अनुगमन

साझाकुरा
२०८१ श्रावण २९, मंगलवार १३:०९

हेटौंडा- बागमती प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिंचाईमन्त्री श्यामबहादुर खड्काले मकवानपुरको बागमती गाउँपालिकाको खानेपानी तथा सिंचाईको अवस्थाको बारेका अनुगमन गरेका छन् ।वर्षौदेखि चौराखोला र बागमती नदीका कारण समस्यामा परेका स्थानीयको आग्रहअनुसार मन्त्री खड्काले यो क्षेत्रको निरीक्षण गरेका हुन् । चौराखोला र बागमती नदीले बागमती गाउपालिका वडा नम्बर १, ६, ७ र ८ को खेतीयोग्य जमिन वर्षेनी कटान हुने गरेको छ । २०५० सालयता हालसम्म यी क्षेत्रका करिब ५ सय बिगाहा खेतीयोग्य जमिन नदीले कटान गरेको बागमती गाउँपालिका–८ का वडाअध्यक्ष इन्द्रमणि तिमल्सिना ‘केशव’ ले बताए ।

नदीले निरन्तर खेतीयोग्य जग्गा कटान गर्न थालेपछि स्थानीयले सास्ती भोगिरहेका छन् । नदीकटान क्षेत्रमा तटबन्ध निर्माण गरी समस्या समाधान गरिदिन वडाअध्यक्ष तिमल्सिनाले मन्त्री खड्का समक्ष आग्रह गरे । वडा नम्बर ८ मा मात्रै करीब १ हजार मिटर तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले जानकारी गराए । निरीक्षणपछि मन्त्री खड्काले आफू यस विषयमा गम्भिर भएको बताउँदै समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाए ।

स्थानीयको जनगुनासोलाई मध्यनजर गर्दै प्रदेश सरकारले तटबन्ध निर्माण र खानेपानी समस्या समाधानमा पहल गर्ने मन्त्री खड्काले बताए । अनुगमनमा जलस्रोत तथा सिचाई विकास डिभिजनका कार्यालय मकवानपुरका डिभिजनप्रमुख निर्मल दाहाल, ईन्जियर दिनेश पोखरेल, निजीसचिव विष्णु खतिवडा लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*