हेटौंडा क्याम्पसको १६ औं क्याम्पससभा सम्पन्न

साझाकुरा
२०८१ पुष १, सोमबार १२:०४

हेटौंडा- हेटौंडा क्याम्पसको स्तरोन्नति गर्ने कुरामा आफूले सक्दो सहयोग गर्ने सरकारका प्रमुखसचेतक महेश बर्तौलाले बताएका छन् । हेटौंडा क्याम्पसको १६ औंक्याम्पससभाको उद्घाटनलाई सम्बोधन गर्दै सांसद बर्तौलाले हेटौंडा क्याम्पसको योजनालाई टु·ोमा पु¥याउन आफ्नो तर्फबाट सहयोग गर्न सकिने बताए ।३ तहका सरकार रहेको र स्थानीय सरकार आफैंले पूर्वाधारको विकासका लागि सहयोग गर्नेसक्ने बताउँदै सांसद बर्तौलाले क्याम्पस सञ्चालन गर्ने सन्दर्भमा स्रोतसाधनको उचित व्यवस्थापनमा सबै एक हुन आग्रह गरे । समाजको सकारात्मक दृष्टिकोणले क्याम्पस सञ्चालनको सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको धारणा थियो । उच्चशिक्षाको विकासलाई मात्र मूल्यांकन नगरेर प्रविधिमैत्री र जीवनउपयोगी शिक्षाको वातावरण सिर्जना गर्नुपर्ने धारणा सांसद बतौलाको थियो ।

नेपालका अधिकांश उच्चशिक्षा अध्यापन गराइने कलेजमा विद्यार्थीसंख्या दिनानुदिन घट्दै गइरहेको सन्दर्भमा सांसद बर्तौलाले क्याम्पसमा आवद्ध प्राध्यापक तथा सञ्चालकले क्याम्पसमा बढी भन्दा बढी विद्यार्थीको आर्कषण कसरी बढाउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्ने बताए । राष्ट्रियको आवश्यकताअनुसार इन्जिनियरिङ, शिक्षा, चिकित्सा क्षेत्रमा उच्चशिक्षा दिने शैक्षिक संस्थाले गरेको उत्पादन मार्केटमा मागअनुसारको रहे नरहेको पनि हेर्नुपर्ने सांसद बर्तौलाको धारणा थियो । विद्यालय तथा क्याम्पसको शैक्षिक वातावरणमा सुधार ल्याउनका लागि प्राध्यापकको मात्र नभइ सञ्चालक समितिका पदाधिकारी र विद्यार्थीको पनि महत्वपूर्ण भूमिका हुनुपर्ने उनले बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष आन्नदराम पराजुलीको सभाध्यक्षमा भएको क्याम्पससभामा क्याम्पस प्रमुख देबीराम लामाले गत आर्थिक वर्ष २०८०÷८१ मा ४ करोड ८८ लाख ५ हजार रुपैयाँ आय, ५ करोड २२ लाख ४ हजार रुपैयाँ व्ययको प्रतिवेदन पेश गरेका थिए । चालु आर्थिक वर्ष २०८१÷८२ मा ६ करोड १२ लाख ५८ हजार रुपैयाँको आय–व्यय विवरण अनुमानित गरिएको सभामा बताइएको छ । क्याम्पसको विविधखर्च १५ लाख १५ हजार रुपैयाँ, चालु खर्च ४ करोड ९६ लाख ५८ हजार रुपैयाँ, पूँजीगत खर्च १ करोड १६ लाख र कूल व्यय रकम (चालुखर्च र पूँजीगतखर्च) ६ करोड १२ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

कार्यक्रममा बागमती विश्व विद्यालयका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल, उपाध्यक्ष कुशुम सुवेदी, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललितकुमार घलान, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरे, नेपाल बार एसोसिएसन मकवानपुरकी अध्यक्ष अप्सरा बस्नेत, स्ववियु हेटौंडा क्याम्पस कमिटीका अध्यक्ष अभि मैनालीलगायतको सहभागिता रहेको थियो । यो क्याम्पसले वि.स. २०८० सालमा विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त गरी गुणस्तरीय शिक्षामा आफूलाई अब्बल सावित गर्ने काम गरिरहेको छ ।

हेटौंडा क्याम्पसबाट शैक्षिकसत्र २०७७–÷८० मा शिक्षाशास्त्र संकाय स्नातक तहको बाह्र परीक्षामा सम्मिलित भई ५३.६८ प्रतिशत प्राप्तांक सहित क्याम्पस प्रथमस्थान हासिल गर्न सफल हुने गायत्री नेपाल, ५३.६४ अंक ल्याएर द्वितीय हुने अन्जन चौलागाईं, ५२.५५ प्रतिशत अंक ल्याएर तृतीय हुने सोमराज बोम्जनलाई नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो । शिक्षाशास्त्र शंकायको स्नातक तहको बाह्य तहको परीक्षामा सहभागी भइ ५३.२७ प्रतिशत प्राप्त अंक सहित तृतीय हुने अस्मित सिन्तान, व्यवस्थापन संकायबाट स्नातक तहको परीक्षाबाट ५६.५० प्रतिशत प्राप्तांक सहित द्वितीय हुने सुनिता सुवेदी र ५९.८५ प्रतिशत प्राप्तांक ल्याउँदै व्यवस्थापन संकायबाट क्याम्पस प्रथम हुने मुस्कान घलानलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको छ ।

वि.स.२०४५ सालदेखि दुईवर्षसम्म रत्नज्योति क्याम्पस काठमाडौंको शाखाको रुपमा संचालन भएपनि वि.स.२०४७ सालबाट हेटौंडा क्याम्पसको रुपमा निरन्तर संचालन भइरहेको छ । समाजका निम्नमध्यम वर्गीय अभिभावकका सन्ततिलाई शिक्षा सास्त्र अध्यापनका लागि यो क्याम्पसले उच्चशिक्षा प्रदान गरिरहेको छ । वि.स. २०५३ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी शिक्षाशास्त्र संकाय र वि.स. २०७७ मा व्यवस्थापन तथा मानविकि संकायको सम्बन्धन प्राप्त गरी ४ वर्षे स्नातक र शिक्षाशास्त्र संकायमा वि.स. २०६४ मा २ वर्षे स्नातकोत्तर तह (सेमेष्टर प्रणाली अन्तर्गत) को सम्बन्धन प्राप्त गरी कक्षा सञ्चालन गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*